Breaking News

८८ किलो सुन प्रकरणमा पक्राउ परेका २ अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाण्डौ, ४ जेष्ठ । सर्वोच्च अदालतले ८८ किलो सुन प्रकरणमा पक्राउ परेका दुई अभियुक्तलाई धरौटीमा छोड्न आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले नन्दकुमार पाण्डुरंग मगर र उल्लास दिनकर सालुङ्खेलाई जिल्ला र तत्कालीन पुनरावेदन अदालतले दिएको आदेश उल्टाउँदै जनही ५ लाख धरौटीमा छाड्न निर्देशन दिएको हो । दुबैले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गर्दै अाएका थिए ।

दुबै अभियुक्तले प्रतिवादी गणेशदत्त वडूसँग पटक-पटक फोन सम्पर्क गरेको देखिएपनि सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको र सुन कारोबार गरेको अभियोग लागेका दत्त र सत्यनारायण अग्रवाल यसअघि ने धरौटीमा छुटिसकेकाले उनीहरूलाई पनि धरौटीमा छाड्न उक्त अादेश दिइएको हो ।

shares