August 23, 2017

मतपरिणाम आउने क्रम जारी, ४ मध्ये ३ महानगरपालिकामा एमालेको अग्रता कायमै

काठमाण्डौ, ६ जेठ । पहिलो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहेको छ ।

ताजा मतपरिणाम अनुसार एमालेले हालसम्म १ सय ८ स्थानमा एमालले जीत हासिल गरेको छ । यस्तै कांग्रेस सय र माओवादी केन्द ४६ स्थानमा प्रमुख तथा अध्यक्ष चुनिएका छन् ।

काठमाण्डौ महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीलाइ झण्डै५ हजार भन्दा बढी मतअन्तरले पछि पारेका छन् । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १७ सय मतले पछि पारेका छन् ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठवन्धनकी रेणु दाहाल र एमाले उम्मेदवार देवी ज्ञवालीबीच ३ सय मतको अन्तर देखिएको छ । भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ । उता, पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाइ २ हजार मतले पछि पारेका छन ।