Breaking News

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको धर्ना, बुझाए ज्ञापनपत्र

काठमाण्डौ, ४ जेष्ठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले निगममा धर्ना दिएका छन् ।

दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले   जनतालाई प्रत्यक्ष मारमा पारेको भन्दै उनीहरूले आयल निगममा धर्ना दिएका हुन् । मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ ।

विद्यार्थीहरूले निगमको गेट अगाडि विरोध प्रदर्शनसहित नाराबाजी पनि गरेका छन् । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले आफूहरूको माग बेवास्ता गरिए जनताका बीचमा गई मूल्यवृद्धि विरुद्धको आन्दोलन थाल्ने चेतावनी दिए ।

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनमाग गर्दै नेविसंघले निगमका महाप्रबन्धकलाई माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ ।

shares