Breaking News

मगुमा बिद्युत सेवा अवरुद्द

सुवास चन्द्र मल्ल/ मुगु ४ जेष्ठ मुगु । जिल्लामा भएको एकमात्र गमगाढ साना जलबिद्युत आयोजनाको बिद्युत सेवा बिग्रिदा चार दिन देखि सदरमुकाम गमगढी बजार अन्धकारमय बनेको छ ।

बिद्युतको पावरहाउसको मोटर मेसिन तातेर बत्ती बन्द हुने समस्याले गर्दा चार दिन देखि सदरमुकाम अन्धकार भएको छ । बत्ती बन्द हुदा कर्मचारी देखि स्थानीय उकुसमुकुस भएका छन बिद्युतले गर्दा सरकारी कामकाज बैंकको आर्थिक कारोबार प्रभावित बनेको छ ।

ब्याट्री चार्जको समस्या मोवाइल सेवा अबरुद्ध भएका छन । मोटर खरावीले गर्दा बत्ती बन्द भएको र मर्मतको लागि काठमाडौ बाट ईन्जिनियर डम्बर बहादुर केसी बोलाइएको कार्यालय सहायक कासी खातीले जानकारी गराए ।

बिद्युत अबरुद्ध हुदा तीन वटा सामुदायिक रेडियोको प्रसारण सेवा बन्द भएको छ । बिद्युत सेवा अबरुद्ध भएपनि बिहिबार बिहान प्रजिअ उमाकान्त अधिकारी अबरुद्ध भएको बिद्युतगृहमै पुगेर कर्मचारी प्राबिधिकलाई २४ घण्टा भित्रै मर्मत गरेर बत्ती बाल्न निर्देशन दिएका छन ।

बत्ती बन्द हुदा गमगढी अन्धकारमय सेवाग्राही उकुसमुकुस भएको प्रजिअको भनाई छ । गमगाढ साना जलबिधुत आयोजना २०६८ असोजमा सम्पन्न भएको हो । २ बटा मेसीन बाट ४ सय किलोवाट बिधुत उत्पादन क्षमता रहेको छ ।

यस बिधुत प्रसारण बाट ३ सय भन्दा बढी घर धुरीले बिधुत सेवा लिएका छन् । सेवालिएका पुरै घर धुरी र गमगढी बजारमा रहेका साना उद्योगहरु र आर्थिक बर्षको अन्तिम तिर विकास निमार्ण सम्पन्न गरी नगरपालिकामा भुक्तानि लिन आउने सेवाग्राही मर्कामा परेका छन ।

shares