Breaking News

सौर्य एयरलाइन्स जहाज दुर्घटनाबाट जोगियो

झापा, ३ जेष्ठ । काठमाण्डौका लागि उडान गरेको सौर्य एयरलाइन्स जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

झापाको भद्रपुर विमानस्थलबाट दिउँसो १ बजेर ५० मिनेटमा काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्स जहाजले रन्वेमा चरासंग ठोकिएको थियो । चरासंग ठोकिएपछि जहाजले तत्काल उडान रद्ध गरेको चन्द्रगढी नागरिक उडड्यान कार्यालय भद्रपुरका कर्मचारी स्रोतले जनाएको छ । कार्यालय प्रमुख पुर्णप्रसाद चुडालको टेलिफोन नम्बरमा पटक–पटक सम्पर्क गर्न खोज्दा उनको नम्बरमा सम्पर्क हुन सकेन ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीका अनुसार सौर्य एयरलाइन्सले विमानस्थलको पूर्व भागमा करिब २० वटा चरा मारेको जनाइएको छ । ९ एन.एल.इ. नम्बर कल साइन जहाज उडेको १० मिनेटमै फर्किएकाले दुर्घटना हुनबाट जोगिएको कार्यालयले जनाएको छ । चरासंग ठोकिएपछि २ बजेदेखि विमानस्थलमै जहाज रोकिएको छ ।

घटनापछि बुद्ध एयरलान्सयबाट चार जना इन्जिनियरसहितको टोली दुई घण्टापछि आएपछि जहाजको खराबीको बारेमा मर्मतसंम्भार गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए । जहाजको दायाँ इन्जिनमा सामान्य खराबी हुन सक्ने भएकोले भोली (शुक्रबार) उडान भर्ने उनले बताए । सो जहाजमा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डिआइजी पिताम्बर अधिकारी लगायत ४५ जना हवाई यात्रु सवार रहेको जनाइएको छ । सौर्य एयरलाइन्स जहाजका कारण दुई घण्टासम्म हवाई सेवा अवरुद्ध भएको थियो ।

shares