Breaking News

यौनकर्मीका अधिकांश ग्राहक भारतीय

जागेश्वर यादव/सिरहा, ३ जेष्ठ । भारतको विहारमा मदिरा पिउन प्रतिबन्ध लगाएपछि लत मेटाउन नेपाल पस्ने भारतीयहरू यौन कारोबारमा पनि सक्रिय हुने गरेको पाइएको छ । मदिरा मात्रै होइन अन्य कामकाजको लागि नेपाल आउने गरेका भारतीयहरू यौन क्रियामा सक्रिय हुने गरेको खुलासा भएको हो ।

लहानमा आंखा उपचार, विवाह ब्रतबन्ध, व्यापार तथा विभिन्न परियोजनको लागि आउँदा उनीहरू यौन क्रियाकलापमा लाग्ने गरेको खुलासा भएको छ । लहानबजारदेखि भारत २४ किलोमिटरको दुरीमा रहेको छ ।

लहानमा लज र कोठा भाडा लिएर दूई दर्जन बढी यौनकर्मीहरू सक्रिय रहेको छ भने उनीहरूको अधिकांश ग्राहक भारतीय हुने गरेका छन् । समाजमा बढ्दो विकृति विरुद्ध लहान प्रहरीले अभियान चलाएपछि दूई दिनमा चार भारतीय यौन अपराधको आरोपमा पक्राउ परेका छन् ।

सोहीक्रममा आज मात्रै ईलाका प्रहरी कार्यालय लहानको एक टोलीले यौन व्यावसायीका ग्राहकलाई पक्राउ गरेका छन् । पक्राउ पर्ने भारत मधुवनी जिल्लाको खुटौना कलरपट्टी ग्राम पंचायत ३ बस्ने बर्ष २३ का जयप्रकाश मण्डल र सोही ठाउँ बस्ने निशादेवी मण्डल रहेका छन् ।

पक्राउ परेका उनीहरूमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने भएको छ । जेठ २ गते बिहान ११ बजे लहान ३ स्थित रहेको शान्ति लजबाट यिनीहरूलाई अश्लील अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

सो लजमा महिला पुरुष बसेर हो हल्ला गरी अश्लील क्रियाकलाप भइरहेको सूचना पाएपछि लहान प्रहरीले चेकजांच गर्ने क्रमममा उनीहरूलाई पक्राउ गरिएको हो । चेकजांचको क्रममा अश्लील हर्कत गरिएका महिला र पुरुषलाई पक्राउ गर्न खोज्दा लज संचालक ३८ वर्षीया शान्तिदेवी महतोलार्इ पक्राउ गर्न खोज्दा फरार भएको लहान प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई गाली गलौज गर्न खोज्दा महतोलाई पनि नियन्त्रण लिन खोज्दा फरार भएको हो । बैशाख ३१ गते भारतका बब्लु ठाकुर र जफ्रिल राईन पक्राउ परेका थिए ।

shares