Breaking News

माओवादी केन्द्र बैठक: एकता संयोजन समितिले गरेको निर्णय अनुमोदन

काठमाण्डौ, ३ जेष्ठ । नेकपा माओवादी केन्द्रले एकताका विषयमा एकता संयोजन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।

पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड निबास खुमलटारमा बसेको पार्टीको विस्तारित बैठकले बिहीबार बिहान एकताका विषयमा एकता संयोजन समिति बैठकले गरेको निर्णय अनुमोदन गरेको प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष प्रचण्डले वाम एकता संयोजन समितिको बैठकले गरेका निर्णय ब्रिफ गर्नुभएको प्रवक्ता भूषालले बताइन् ।

यसअघि एकता समितिको बैठकमा अनुमोदन गरेका कुरा दुवै पार्टीको केन्द्रीय कमिटीमा निर्णय गराउने जानकारी गराउने निर्णय भएको थियो ।

shares