Breaking News

उर्जा र सडकमा चीन सहकार्य गर्न इच्छुक : उपगर्भनर पेङ

काठमाडौं ३ जेठ । उर्जा,सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नयां सरकारको प्राथमिकता विकास र समृद्धी रहेको भन्दै त्यसका लागी नेपालमा चिनिया लगानी आवश्यक रहेको बताए ।  मन्त्री पुनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाईदिन आग्रह समेत गरे ।

भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त उर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले उर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखे ।

‘हामी उर्जा र जलविद्युतका साथै निर्माण र पुर्ननिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौ, त्यसका लागी सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसंग सहकार्य सुरु गरेको छ’ उपगर्भनर युसिङले भने ।

यसैबीच उर्जामन्त्री पुन  र चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नयां सरकारले चीनबाट लगानी र सहयोगको अपेक्षा राखेको बताए ।

 

 

 

 

shares