Breaking News

विभिन्न विरूवाहरू रोप्दै सुरु गरे अोली र प्रचण्डले एकता संयोजन समितिको बैठक

काठमाण्डौ, ३ जेष्ठ । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

पार्टी एकताको मिति तय गर्नका लागि दुवै पार्टीका नेताहरूको बैठक बालुवाटारमा बस्न लागेको हो । बैठक सुरु हुनुभन्दा अघि नयाँ पार्टीलाई मलजल गर्ने सांकेतिक अर्थ राख्ने गरी दुवै पार्टीका अध्यक्ष र नेताहरूले विभिन्न प्रजातिका विरुवाहरू रोपेका छन् ।

बालुवाटारमा एमाले अध्यक्ष ओली र माअोवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरूले समी, अम्बा, जापानिज विरुवा जिम्बो भाइले, लिची आँप, सुन्तला एभोकाडो, कपुरका विरुवा रोपेका थिए । एकता संयोजन समितिको बैठकमा एकतालाई मूर्त रूप दिने तथा आजै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा गर्ने तयारी दुवै दलले गरेको बताइएको छ ।

यद्यपि, कति बेला पार्टी घोषणा हुने भन्नेबारे समयको टुंगो भने लागिसकेको छैन । पार्टी एकता घोषणापछि आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

shares