रमपम उदयपुर गोल्डकपमा झापा-११ लाई हराउँदै थ्री स्टार फाइनलमा प्रवेश

गार्इघाट, २ जेष्ठ । उदयपुरमा जारी रमपम उदयपुर गोल्डकपमा झापा ११ लाई हराउँदै थ्री स्टार ललितपुर फाइनलमा प्रवेश गरेको छ ।

गाईघाटस्थित थरुहट रंगशालामा आज भएको सेमिफाइनल खेलमा झापा ११ लाई एक शून्यले हराउँदै थ्री स्टार उपाधी नजिक पुगेको छ । थ्री स्टारको जितमा मार्टिनले खेलको ६२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

आजको खेलको म्यान अफ दि म्याच थ्री स्टारको पिटर भए । उनले नगद सात हजार हात पारे । भोलिको खेल मनाङ मर्स्याङ्दी काठमाडौ र सुनसरी ११ बीच हुनेछ ।