Breaking News

विमान दुर्घटना: शव काठमाण्डौ ल्याइयो

काठमाण्डौ, २ जेष्ठ । मकालु एयरको सिंगल इन्जिनयुक्त कार्गो जहाज दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडौं ल्याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरबाट मृतक दुवै जनाको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

बुधबार बिहान सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको निधन भएको थियो ।

घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत पुर्याएको थियो भने सुर्खेतबाट सिम्रिक एयरको हेलिकोप्टरबाट सिधै शिक्षण अस्पताल ल्याइएको हो । शिक्षण अस्पतालमा मृतक दुवैको शव परीक्षण हुने बताइएको छ ।

shares