August 16, 2017

काठमाण्डौ महानगरपालिकामा एमालेलाई ५५ सय बढि मतको अग्रता

काठमाण्डौ, ६ जेठ । प्रदेश नम्बर ३ अन्तर्गत काठमाण्डौको महानगरपालिकामा मेयर पदका लागि मतगणना भइरहँदा एमालेले मत अन्तर बढाइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य अग्रस्थानमा यथावत् रहेका छन् । शाक्यले १८ हजार ३ सय ८० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार राजुराज जोशीको १२ हजार ७ सय ६७ मत रहेको छ ।

त्यसैगरी विकेकशील दलकी उम्मेदवार रञ्जु दर्शना ७ हजार ३ सय ३७ मतका साथ तेस्रो स्थानमा रहँदा साझा पार्टीका किशोर थापाको ५ हजार ५ सय ४ मत रहेको छ ।