Breaking News

यस्ता छन् गर्मीमा काँच्चो प्याज खानुको ७ फाइदा

घर होस् वा रेस्टुरेन्ट खानासँग काँच्चो प्याज खाने प्रचलन बढ्दै गइरहेको छ । काँँचो प्याज खानुको फाइदा थाहा पाएपछि तपाइँ हरेक दिन प्याज नखाइकन बस्न सक्नुहुन्न ।

गर्मीको मौसममा कतिपय ठाउँमा लू चल्ने गर्दछ । लूबाट बच्न पनि काँचो प्याजको सेवनले भरपूर फाइदा पुर्याउँछ । प्याजको रस पिउनाले पनि निकै फाइदा पुग्छ ।

काँच्चो प्याजको प्रयोगले कपाल लामो हुन्छ । प्याजको रसलार्इ टाउकोको छालामा लगाएर त्यसको एक घण्टापछि हल्का मन तातो पानीले कपाल धुनुभयो भने कपाल लामो हुन्छ । प्याजमा पाइने कतिपय तत्वहरूले क्यान्सरजस्तो गम्भीर रोग निको पार्न सघाउँछ । साथै छालासम्बन्धी समस्याबाट पनि मु्क्ति दिलाउँछ ।

ब्लड प्रेसरको बिरामीलार्इ त प्याज वरदान साबित हुने बताइन्छ । यसले रक्तचाप नियन्त्रण गर्दछ । यसकारण पनि खानाको साथमा काँचो प्याज खानु निकै लाभदायक मानिन्छ । काँचो प्याजले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । पुरुषको यौन क्षमता बढाउन पनि प्याजको प्रयोग प्रभावकारी हुन्छ ।

शरीरमा कुनै गाँठागुठी अाएको छ वा कुनै दुखाइ छ भने सर्स्यूँको तेलमा प्याजको रस मिलाएर दुखेको भागमा लगार्इ मालिश गर्नुहोस् । एक दिनको उपचारले मात्र फाइदा पक्कै पुग्दैन, तर लगातार एक महिनासम्म प्रयोग गर्नुभयो भने दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

जुन व्यक्ति पथ्थरीको समस्याबाट पीडित छ, उसले प्याजको प्रयोग अवश्य गर्नुपर्छ । खराब खानपानको कारणले मानिसलार्इ पथ्थरी हुनजान्छ । दिनहुँ प्याजको सेवन गरेमा पथ्थरीको दुखाइ समाप्त भएर जान्छ ।

कपाल झर्ने समस्या अाजभोलि हरकोहीमा हुन्छ । कपाल झर्नबाट रोक्न प्याज धेरै नै लाभकारी हुन्छ । काँच्चो प्याज काटेर टाउकोमा रगेड्ने गरेमा कपाल झर्न रोकिन्छ । यतिमात्र नभर्इ तपाइँको शीरमा नयाँ कपाल पनि उम्रिन थाल्छ ।

प्याजमा फस्फोरिक एसिड पाइन्छ जसले हाम्रो शरीरको रगत शुद्धिकरण गर्ने ‘ब्लड प्युरिफायर’को काम गर्दछ ।

यो पनि पढ्नुहोस्-

यस्ता छन् केरा खानुको अद्भूत फाइदा

shares