Breaking News

अन्तराष्ट्रिय स्तरको फेसन शो ‘दलजीत सुदान रन वे २०१८’ काठमाण्डौमा हुने

काठमाण्डौ, ३१ बैशाख । अन्तराष्ट्रिय स्तरको फेसन शो दलजीत सुदान रन वे २०१८ आगामी मे २५ तारिखमा काठमाडौंमा हुने भएको छ ।

कार्यक्रमको व्यवस्थापक ‘नेक्स्ट मोडल्स नेपाल’ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्‍याउने उद्देश्यले मे २५ तारिकमा सोल्टीक्राउन प्लाजमा दलजीत सुदान रन वे आयोजना गर्न लागिएको जनाएको हो ।

व्यवसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषहरूमाझ निकै लोकप्रिय डिजाइनर ‘दलजीत सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेको फेसनका डिजानहरू शोमा प्रस्तुत गरिनेछ ।

एकदिने उक्त रनवे नेपालको ईतिहासकै सबैभन्दा ठूलो फेशन शो हुने आयोजकले दाबी गरेको छ । आयोजकका अनुसार १ सय ९२ लामो कलात्मक स्टेजमा २४ व्यवसायिक तथा चर्चित मोडल र्याम्प उत्रने छन् । जसमा १६ जना महिला र ८ जना पुरुष मोडल रहने आयोजकको भनाइ छ ।

shares