August 18, 2017

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनील प्रजापति सर्वाधिक मतान्तरले विजयी

काठमाण्डौ, ५ जेठ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिले जित्दा सर्वाधिक मतान्तर कायम गरेका छन् ।

उनले २५ हजार ५ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले ६ हजार ५ सय ३२ मत मात्र प्राप्त गरे । यो नै स्थानीय तहमा सर्वाधिक मतको अन्तर हो ।

त्यस्तै एमालेका विष्णु सुवालले ४ हजार २ सय १० प्राप्त गर्दा माओवादीका सत्यलाल मुलले २ हजार ४ सय ८७ मत ल्याए ।