October 17, 2017

कांग्रेस र माओवादीले विरोध जनाएपछि भरतपुर महानगरपालिकाको मतगणना प्रभावित

कांग्रेस र माओवादीले विरोध जनाएपछि भरतपुर महानगरपालिकाको मतगणना प्रभावित

काठमाण्डौ, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएपछि मतगणना कार्य रोकिएको छ ।

दलका प्रतिनिधिहरुको मतसंख्या र कम्प्युटरबाट प्रकाशित मतसंख्यामा फरक पाइएपछि मतगणना कार्य प्रभावित बनेको छ । साथै माओवादी र कांग्रेसले मतगणना फरक परेकाे भन्दै निर्वाचन आयोगकाे गल्ती भएकाे आरोप लगाएका छन् ।

भरतपुर महानगरपालिका यसअघि नै माओवादी र कांग्रेसको गठबन्धनले प्रचण्डपुत्री रेणु दाहाललाई चुनावी मैदानमा उतारेसँगै चर्चामा छ ।