चौधरी साहित्यकला मन्दिरद्वारा स्रष्टा सम्मान

गुञ्जनराज गिरी/काठमाण्डौ, २८ बैशाख । कमल पोखरीस्थित अग्रवाल सेवा भवनमा एक कार्यक्रमको अायोजना गरी श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको २५अौं वार्षिक उत्सवको अवसरमा २४ अौं स्रष्टा सम्मान अन्तर्गत नेपाली साहित्य र कला क्षेत्रका ७ जना स्रष्टालार्इ सम्मान गरिएको छ ।

यसपटक सम्मानित हुनेहरूमा गंगादेवी चौधरी स्मृति सम्मानबाट अाख्यानकार भागीरथी श्रेष्ठलार्इ ताम्रपत्रसहित नगद एक लाख एक रूपैयाँले सम्मान गरेको हो । त्यस्तै, अरनिको ललितकला सम्मानबाट कलाकार शशिकला तिवारी, सरस्वती सम्मानबाट कवि दुर्गालाल श्रेष्ठ, नारायण गोपाल संगीत सम्मानबाट संगीतकार शुभबहादुर सुनाम, इतिहास शिरोमणि बाबुराम अाचार्य, शोधसम्मानबाट प्रा.डा. प्रेमकुमार खत्री, बालकृष्ण सम रंग सम्मानबाट अभिनेत्री मिथिला शर्मा र नेपाल नव प्रतिभा सम्मानबाट कवि तथा पत्रकार फूलमान बललार्इ ताम्रपत्रसाथ जनही ५१ हजार एक रूपैयाँसहित सम्मान गरिएको छ ।

सोही कार्यक्रममा कवि तथा गीतकार वसन्त चौधरीको नवीनतम काव्यकृति ‘चाहतों के साये में’ को अंग्रेजी र हिन्दी भाषामा प्रकाशित पुस्तकको लोकार्पण कवि तथा गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ कवि डा. विजय पण्डितले संयुक्त रूपमा गर्नु भएको हो । समारोहमा कवि तथा गीतकार वसन्त चौधरीले अाफ्नो लोकार्पित कृतिबाट केही कविता वाचन गर्दै अाफ्नो काव्य सृजनामा हार्दिक एवम् अविछिन्न लगाव रहेको कुरा प्रष्ट पार्दै अागामी दिनमा यस क्षेत्रमा अझ सक्रियता निष्ठापूर्ण लागिरहने तथा पछिल्लो पिंढीका बालबालिकाहरूलार्इ नेपाली भाषा, संस्कृति मौलिक रीतिरिवाज बुझाउनका लागि पनि नेपाली साहित्य तथा कला क्षेत्रमा रही लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

हरेक वर्ष बैशाख २७ गतेका दिन स्रष्टा सम्मान मिति तय गरिएको छ भने श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा यसअघि ६३ जना स्रष्टाहरूलार्इ सम्मान गरिसकिएको छ ।