प्रथम दमक गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलार्इ

भारती राई/दमक, २८ बैशाख । प्रथम दमक गोल्डकप प्रतियोगितामा नेपाल पुलिस क्लब, मनागं मर्स्याङ्दी क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको छ ।

झापाको दमक बहुमुखी क्याम्पसमा सञ्चालित गोल्डकप प्रतियोगितामा रेजिन सुब्बाले ८८ औं मिनटमा गरेको गोल नै पुलिसलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो । पुलिसले नगद १३ लाख ११ हजार रुपैया र ट्र्फी हात पारेको छ भने उपविजेता मनागंले नगद ६ लाख ११ हजार रुपैयामा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी पुलिस क्लबका किरण चेम्जोग भएका छन् । उनले १६० सिसीको मोटरसाइकल प्राप्त गरेका छन् । उत्कृष्ट डिफेन्स नेपाल पुलिसका सन्तोस हेम्रम, उत्कृष्ट स्ट्रइकर पुलिसका रेजिन सुब्बा, उत्कृष्ट कोच पुलिसका अनन्त थापा, उत्कृष्ट मिडफिल्डमा मनागंका सुजल श्रेष्ठ भएका छन् ।

प्रतियोगितामा १० वटा टिम सहभागी थिए ।