October 17, 2017

दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै

काठमाण्डौ, ५ जेठ । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलको दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ ।

आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई र कोलकाता भिड्न लागेका हुन् । आजको विजेताले उपाधिका लागि राइजिङ पुने सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल नेपाली समय अनुसार राति सवा आठ बजे सुरु हुनेछ ।