May 26, 2017

बालबिवाह न्यूनीकरणका लागि कपिलवस्तुमा सामूहिक र्‍याली

खग प्रसाद चापागाई / कपिलवस्तु, ५ जेठ । ‘बालविवाह रोक्न नेतृत्व लिन्छु’ भन्ने मूल नाराका साथ बालबिवाह न्यूनीकरणका लागि कपिलवस्तुमा किशोर किशोरीको समूहले र्‍याली निकालेका छन् ।

उक्त कार्यक्रम केयर नेपालको सहयोग र दलित सामाजिक विकास केन्द्रको आयोजनामा गरिएकाे थियाे । तौलिहवामा आयोजित कार्यक्रममा किशोर किशोरी समूहले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा पनि गरेको थियाे ।

र्‍यालीमा लैगिंक हिंसा र बालविवाहले ल्याउने समस्या, दाईजो प्रथा, दिशामुक्त अभियान अादिबारे समुदायमा सचेतना प्रवाह गर्न सचेतनामूलक चित्रहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *