Breaking News

यस्ता छन् केरा खानुको अद्भूत फाइदा

केरा प्रायः संसारको सबैजसो ठाउँमा उपलब्ध हुने र बहुउपयोगी फल अन्तर्गत पर्दछ । यसका अनेकन् फाइदाहरू छन् । विभिन्न रोगलार्इ ठिक गर्न र शरीरलार्इ अावश्यक शक्ति प्रदान गर्न केराको सेवन जरुरी छ । केराले तत्काल ऊर्जा दिने हुनाले कमजोरी हुनेबित्तिकै केरा खान सल्लाह दिने गरिन्छ । विश्वका प्रख्यात धावकहरू लगायतका खेलाडीहरूका लागि केरा एउटा महत्वपूर्ण फल हो । तीनवटा केराले ९० मिनेट गरिने कामका लागि ऊर्जाका दिने अनुसन्धानकर्ताहरू बताउँछन् । तर, केराले ऊर्जा मात्र दिँदैन, यसले हामीमा हुने अधिकांश कमजोरीबाट समेत बचाई दैनिक अाहारको काम गर्दछ ।

मुटुसम्बन्धी समस्याबाटमुक्त : ब्रेकफास्ट, लन्च र डिनरको समयमा एक एक ओटा केरा खाँदा शरीरलाई आवश्यक पोटासियम पर्याप्त प्राप्त हुने र यसले रगत जम्ने समस्याबाट मुक्ति हुने २१ प्रतिशत सम्भावना भएको बेलायती र इटालीका वैज्ञानिकहरुले बताएका छन् । यो अध्ययनलाई अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशन गरिएको छ ।

वैज्ञानिकहरुले विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । दैनिक १६ सय एमजी पोटासयुक्त खानेकुराले पाँच भागमा एक भाग स्ट्रोकको समस्या घट्छ । औसत केरामा करिब पाँच सय मिलिग्राम पोटासियम हुन्छ । पोटासियमको यस मात्राले रक्तचाप घटाउँछ र शरीरमा तरल पदार्थको सन्तुलनमा नियन्त्रण ल्याउँछ । दी न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको यसअघिको एक अध्ययनअनुसार नियमित डाइटका रूपमा केरा खाँदा स्ट्रोकबाट हुने खतरालाई ४० प्रतिशतले घटाउँछ ।

हाड बलियो बनाउन : युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयरका अनुसार हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल हो । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको तर्क छ ।

डिप्रेसनबाट छुटकारा :  केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट मुक्ति दिलाउँछ ।

पीएमएस : मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट पीडित हुनुहुन्छ एउटा केरा खानुहोस् । केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । यसले तपाईंको मुड सकारात्मक बनाउन सहयोग गर्दछ ।

रक्त अल्पताको समस्याबाट मुक्ति : उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र रक्त अल्पताको समस्याबाट मुक्त बनाउँछ ।

उच्च रक्तचाप नियन्त्रण : गर्मी ठाउँमा पाइने केरामा पोटासको मात्र अत्यधिक भएपनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने बताइएको छ ।

स्मरणशक्ति बढाउन : नियमित केरा खानाले मस्तिष्क तेज हुने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । अमेरिकामा दुई सय जना स्कुले विद्यार्थीलाई ब्रेकफास्ट, ब्रेक र लन्चको समयमा नियमित केरा खुवाई उनीहरूको स्मरणशक्तिलाई तेज बनाइएको थियो । पोटासियमयुक्त केराले विद्यार्थीलाई धेरै सचेत गराएको अनुसन्धानहरूले देखाएका छन् ।

कब्जियत हटाउन तथा छाती दुखाइबाट मुक्ति: उच्च फाइबरयुक्त केरा कब्जियत रोगको समस्या समाधानका लागि अचूक उपाय हो । त्यस्तै केरामा एन्टिएसिड तत्व हुन्छ । तसर्थ  छाती मुटु पोल्ने समस्या छ भने तत्कालै अाराम मिल्छ ।

ह्याङओभर हटाउन : मदिराको ह्याङओभरले तनाव दिइरहेको छ भने एक कोसा केरा खानुहोस्, तत्काल ह्याङओभर हटाउँछ । केरासँग मह मिसाएर खानेबित्तिकै यसले पेटलाई आराम गरिदिन्छ ।

गर्भवती महिलालार्इ फाइदा : गर्भवतीमा हुने वाकवाकी, वान्ता, चक्कर लाग्ने जस्ता मर्निङ सिकनेस रोक्न पनि केरा उपयुक्त हुन्छ । केराले रगतमा सुगरको तहलाई उच्च बनाइदिन्छ ।

ब्लड सुगर नियन्त्रण : एक अध्ययनअनुसार हरेक दुई, दुई घन्टामा कार्बोेहाइड्रेडयुक्त खाना खाएर हाम्रो शरीरको ब्लड सुगरलाई नियन्त्रण गर्नुपर्छ र त्यसका लागि केरा पनि एउटा महत्वपूर्ण फल हो ।

अल्सरबाट बच्न : नरम र चिप्लो गुणका कारण कुनै पनि आन्द्रासँग सम्बन्धित असन्तुलनविरुद्ध केरालाई एउटा पोषणयुक्त खानाका रुपमा लिन सकिन्छ । एक त यो फल सजिलै खान सकिन्छ, अर्कोतर्फ शरीरको बढी भएको एसिडिटीलाई तटस्थ बनाइदिन्छ ।

मानसिक र शारीरिक शान्तिका लागि : अन्य फलफूलको तुलनामा केरा निकै शान्त फल हो । यसले आमा हुन लागेकाहरुलाई शारीरिक र मानसिक रुपमा शान्त बनाइदिन्छ । केरा भिटामिन बीयुक्त भएकाले यो स्नायुप्रणालीलाई शान्त पार्न पनि सहयोगी साबित हुन्छ ।

shares