Breaking News

९२ वर्षीय महाथिर पुन मलेसियाको प्रधानमन्त्री बन्ने

काठमाण्डौ, २७ बैशाख । मलेसियामा पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि पनि प्रधानमन्त्री बन्ने भएका छन्।

हालै भएको निर्वाचनमा सत्तारुढ दललाई पराजित गर्दै विपक्षी दल महाथिरको गठबन्धनले २२२ सीटमा ११५ सिट प्राप्त गरेसँगै आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने पक्का भएकाे हाे।

ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिर पुनः प्रधानमन्त्री बन्ने भएको हो ।  ६२ सालदेखि सत्तामा रहेको बारिसन नेशनल (बीएन) गठबन्धनलाई हराएलगत्तै महाथिरले आफूहरू बदलाभन्दा कानूनी शासन स्थापित गर्ने बाटोमा केन्द्रित हुने प्रतिक्रिया दिए।

यसअघिमहाथिर पनि बारिसन नेशनल दलबाटै प्रधानमन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका भएपनि पछिल्लो समय उनी भ्रष्टाचारलगायतका मुद्दामा उनले प्रधानमन्त्री नजीब रजाकको कडा आलोचना गर्दै विपक्षी गठबन्धनमा सामेल भएका थिए ।

भ्रष्टाचारमा डुबेका रजाकले पद त्याग्न अस्वीकार गरेपछि महाथिर विपक्षी गठबन्धनसँग मिलेर चुनावमा होमिएका हुन् । रजाकको पार्टीले भने जम्मा ७९ सीटमा मात्र जित हात पारेको छ ।

shares