Breaking News

दमक गोल्डकप: त्रिभुवन आर्मीलाई टाईब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा प्रवेश

भारती राई/झापा, २६ बैशाख । झापामा जारी प्रथम दमक गोल्डकप प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मीलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दैं फाइनलमा प्रवेश गरेको छ ।

झापाको दमक बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा एक एकको दुवै टिमले बराबरी खेले । मनागंका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुगंले गोल गरे ।

आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामागं र विवेक बस्नेतले गोल गरे भने दिपक गुरुगंको प्रहार विपक्षी किपर विशाल श्रेष्ठले रोकेका थिए । आर्मीका टंक बस्नेतले ३० औ मिनटमा गोल गरेर अग्रता दिलाएका थिए भने दिपक राईले ४७ औं मिनटमा बराबरी गोल गरे ।

२८ गते फाइनलमा मनागंले नेपाल पुलिस क्लबसंग खेल्नेछ । विजेताले नगद १३ लाख ११ हजार र ट्र्फी उपविजेताले ६ लाख ११ हजार र ट्र्फी हात पार्ने छन् ।

shares