चुनावको परिणामबाट धेरै उत्साहित नहुन कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

काठमाण्डौ, ५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामबाट धेरै उत्साहित नहुन कार्यकर्ताहरूलाई सुझाव दिएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको अध्यक्षमा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका अध्यक्ष ओलीले अझै धेरै मेहेनत गर्नुपर्ने बताएका छन् । एमालेले यति धेरै काम गर्दा र राष्ट्रियताको पक्षमा अडान लिँदा पनि कांग्रेस कसरी हाराहारीमा आयो भनेर खोज्नुपर्ने बेला आएको उनले बताए ।

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमाले शान्तिपूर्ण रूपमा सहभागी भएको प्रतिक्रिया दिए ।