स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोडिन्छ: मन्त्री अर्याल

काठमाण्डौ, २६ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्धघोष गरेकी छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले कुनैपनि किसिमको सिन्डिकेट मान्य नहुने बताएकी हुन् । नेपालको संविधानको मौलिक हकमा नै आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको बताउँदै मन्त्री अर्यालले सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह: एक अस्पताल’ को कार्यक्रम आउने जानकारी दिइन् ।

मन्त्री अर्यालले स्थानीय तहलाई औषधी खरिदका लागि दिइएको रकम सदुपयोग गर्ने तरिकामा अन्योल देखिएको वा कतिपय ठाउँमा रकमान्तर गरिएकाले स्वास्थ्य सेवा प्रभावित भएको पाइएकोले त्यस्तो कार्य रोकिने बताइन् ।