Breaking News

काबुलमा प्रहरी र अातंककारीबीच दोहोरो भिडन्त जारी

काबुल, २६ बैशाख । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सुरक्षा अखाडा नजिकै चरमपन्थीले गोलाबारी गरेपछि अहिले दोहोरो भिडन्त भइरहेको छ ।

काबुलको पश्चिमी क्षेत्रस्थित अफगान प्रहरीको कार्यालय नजिकै अातंककारीद्वारा बम विस्फोट गराइएपछि दुवै पक्षबीच गोलाबारी सुरु भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । घटनामा भएको क्षतिको बारेमा भने विवरण अाइसकेको छैन ।

‘विस्फोटमा परि हालसम्म कुनै पनि क्षतिको खबर हामीकँहा आइपुगेको छैन’, प्रवक्ता स्टानिकजाईले भने । तर अन्य सरकारी अधिकारीहरूले भने विस्फोटमा परी केही व्यक्तिको मृत्यु भएको जनाएका छन् ।

पछिल्लो केही महिनायता काबुलमा आतंकवादी आक्रमणको संख्या बढिरहेको छ । यस्ता आक्रमण अधिकतम रूपमा इस्लामिक स्टेट(आइएस) तथा तालीवानी लडाकु समूहले गर्ने गरेको पाइएको छ ।

एक साताअघि १० जना पत्रकारसहित २५ जनाको ज्यान जानेगरी काबुलको पश्चिमी क्षेत्रमा आइएसले २ वटा आत्मघाती बम हमला गरी अातंकित तुल्याएको थियो ।

shares