May 26, 2017

लमजुङका ७ केन्द्रको नतिजा अाइसक्दा एमाले अघि, १ केन्द्रमा मतगणना जारी

सृजना घिमिरे / लमजुङ, जेठ ५ । ४ गाउँपालिका र ४ वटा नगरपालिका रहेको लमजुङ जिल्लामा अहिले सम्म ७ वटा केन्द्रको नतिजा आएको छ । राइनास नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ ।

मतपरिणाम अनुसार लमजुङ जिल्लामा एमालेको अग्रता रहेको छ । बेसीशहर नगरपालिकामा मेयर पदमा नेकपा एमालेका गुमानसिहं अर्याल निर्वाचित भएका छन् । सुन्दरबजार नगरपालिका नेकपा एमालेका जनकराज मिश्र, क्होँलासोथार गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेम घले निर्वाचित भएका छन् । त्यसैगरी मर्स्याङदी गाउँपालिका प्रमुखमा नेकपा एमालेका अर्जुन गुरुङ निर्वाचित भएका छन् ।

मध्यनेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे र दुधपोखरी गाउँपालिका कांग्रेसकी छुपी माया गुरुङ निर्वाचित भएका छन् । दोर्दी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका ओमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार लमजुङमा कुल १ लाख ५ हजार ९ सय ९२ मत मध्ये ७२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसी प्रसाद तिमिल्सेनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *