सन्तोषको ‘कोन्ज्योसोमको कसम’मा छुल्ठिम गुरुङ (भिडियोसहित)

काठमाण्डौ, २५ बैशाख । दोस्रो नेपाली तारा, गायक सन्तोष लामाको नयाँ गीत ‘कोन्ज्योसोमको कसम’ सार्वजनिक भएको छ ।

सोमबार राती लामाले आफ्नै युट्युब च्यानलमार्फत तामाङ सेलो पप ‘कोन्ज्योसोमको कसम’लार्इ रिलिज गरेका हुन् ।सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चांद सिङको संगीत संयोजन रहेको छ ।

‘कोन्ज्योसोमको कसम’को म्युजिक भिडियोमा नायिका छुल्ठिम गुरुङको साथमा तामाङ फिल्मका चर्चित हिरो कुमार मोक्तान र बिशाल लामाको अभिनय हेर्न सकिन्छ । भिडियोमा एक युवकले सुन्दरी केटी ‘मैच्याङ्ग’को विभिन्न शारीरिक सुन्दरता र राम्रो आनीबानीको बयान गरिएको भावलाई देखाइएको छ ।

भिडियोको निर्देशन सुमन लामाले गरेका हुन् भने ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियोलार्इ एक गुम्बामा खिचिएको हो ।

भिडियो हेर्नुहोस्-