बाग्लुङमा कांग्रेस र एमाले बराबर, माओवादी र राजपा १–१ स्थानमा विजयी

काठमाण्डौ, ५ जेठ । स्थानीय तहको मतगणना भइरहँदा कतिपय जिल्लाका नतिजाहरु सार्वजनिक भइसकेका छन् ।

बाग्लुङमा रहेको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाको नतिजा पनि आइसकेको छ । कांग्रेस र एमाले ४–४ स्थानमा विजयी हुँदा माओवादी केन्द्र र जनमोर्चाले पनि १–१ स्थानमा जीतेका छन् ।

कांग्रेसले २ नगरपालिका र २ गाउँपालिकामा बाजी मारेको हो । उसले गल्कोट र जैमनी नगरपालिका तथा तमान खोला र निसीखोला गाउँपालिकामा विजय हासिल गरेको छ । एमाले पनि २ नगरपालिका र २ गाउँपालिकामा विजयी भएको छ । एमालेले बाग्लुङ र ढोरपाटन नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा बाजी मारेको हो ।

त्यस्तै ताराखोला गाउँपालिकामा माओवादी केन्द्रले जित्दा बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चालो नतिजा आफ्नो पोल्टामा पारेको हो ।