September 23, 2017

प्रमुख र वडा अध्यक्षमा कसको कति जीत ?

काठमाण्डौ, ५ जेठ । मतगणनाको कार्यक्रम चलिरहँदा कतिपय ठाउँका नतिजाहरु आइसकेका छन् । यद्दपि महानगरपालिकाको मतगणना भने जारी छ ।

अहिलेसम्म एमाले प्रथम स्थानमा रहेको छ । उसले १ सय स्थानमा जित्दै १६ स्थानमा अग्रता कायम गरेको छ । एमालेले प्रमुख /अध्यक्ष पदमा १ सय सिट जीतेको छ भने वडा अध्यक्षमा १ सय ९६ सिट जीतेको छ ।

त्यसैगरी कांग्रेस यो तालिकामा दोस्रो स्थानमा उभिएको छ । उसले ९६ स्थानमा जित्दै १३ स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसले प्रमुख /अध्यक्ष पदमा ९६ सिट जीतेको छ भने वडा अध्यक्षमा १ सय ७४ सिट जीतेको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ४५ स्थानमा जित्दै ३ स्थानमा अग्रता कायम गरेको छ । प्रमुख /अध्यक्ष पदमा ४५ सिट जीतेको माओवादीले वडा अध्यक्षमा १ सय ४ सिट जीतेको छ । त्यसगैगरी अन्यले ६ स्थानमा जित्दा मात्र १ स्थानमा अग्रता कायम गरेको छ । ६ स्थानमा प्रमुख /अध्यक्ष पद जीतेको अन्यले वडा अध्यक्षमा १६ सिट जीतेको छ ।