May 26, 2017

भरतपुरमा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा

भरतपुरमा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा

काठमाण्डौ, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा बितेका केही घण्टामा एमाले र माओवादी लगभग बराबरीको अवस्थामा आइपुगेका छन् ।

एमालेका उम्मेदवार देवी नेपाल र माओवादी तथा कांग्रेसको तालमेलमा मेयर पदमा उठेकी प्रचण्डपुत्री रेणु दाहालबीच कडा प्रतिस्पर्धा देखिएको हो । ताजा मतगणना अनुसार रेणु दाहाल एमालेका देवी नेपालभन्दा २ सय मतले पछाडि छिन् ।

देवी ज्ञवालीले १३ हजार ६ सय ३५ मत ल्याएका छन् भने रेणुको १३ ४ सय ३२ मत रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *