अदालतमा पेश हुन जोधपुर पुगे सलमान

मुम्बर्इ, २४ बैशाख । २० वर्षअघि कृष्णसार मारेको अभियोग लागेका बलिउड अभिनेता सलमान खान पुन: अदालतमा हाजिर हुन जोधपुर पुगेका छन् । दूर्लभ जनावर सिकार गरेको मुद्दामा दोषी ठहरिएका सलमान जोधपुर अदालतबाट जमानतमा रिहा भएका थिए ।

सुनुवाइको क्रममा अदालतले आदेश गरेको सजाय रद्द गर्न आग्रह सहितको रिट उनका वकिलले दर्ता गरेका थिए। उत्त रिटमाथि अदालतमा पहिलो पटक सुनुवाइ हुँदैछ।

गत ५ अप्रिलमा सलमानविरुद्ध परेको मुद्दामा अदालतले ५ वर्षको कैद र रु १० हजार जरिवाना सहितको फैसला सुनाएको थियो। अदालतको उक्त फैसलापछि सलमानलाई तत्काल हिरासतमा राखिएपनि उनी दुई दिनको हिरासत बसाइपछि जमानतमा छुटेका थिए ।

यसअघि पनि सलमान सन् २००६ मा सो मुद्दामा दोषी ठहरिएका थिए । एजेन्सी