वीर विश्वासको आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २३ बैशाख । नेपाली संगीतको आकाशमा वीर विश्वासको आफ्नै शब्द, संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक वीर विश्वासको स्वरमा रहेको ‘आकासैमा तीन तारा’ सार्वजनिक भएको हो । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान, टिका जैसी, क्रीपा पौडेल र वीर विस्वासको अभिनय रहेको छ ।

गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ । ओम सुनारको एरेन्ज रहेको गीत ‘आकासैमा तीन तारा’ लाई नयाँ तरिकाले प्रस्तुती दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिक ले सम्पादन गरेका हुन् ।

नेपाली संगीतमा विगत ५ वर्षदेखि संगीत क्षेत्रमा लाग्दै आएका वीरले यसपछि आफ्नै शब्द संगीतमा गायक प्रमोद खरेलको आवाजमा ‘जलाएर गयौ मुटुलाई’ बोलको गीत र गीतको भिडियो सार्वजनिक गर्ने बताए ।

भारतको गुजरातमा बस्दै आएका वीर संगीतका विद्यार्थी पनि हुन् । उनले भारतका विभिन्न काय्रक्रमहरूमा नेपाली कलाकारहरूलाई प्रस्तुतिको लागि पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई माया गर्ने वीरको गीतले सफलता हात पार्नेमा उनी विस्वस्त रहेका छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोला-