भावी प्रधानसेनापतिमा पूर्णचन्द्र थापा

काठमाण्डौ ५ जेठ । सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ ।

बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो । पदावधि थपसँगै रथी महत आगामी १४ कार्तिकसम्म सो पदमै बाहाल हुनेछन् । यो खबर नेपाल समाचारपत्रमा छ ।