बाबुरामकाे गृहनगरमा कांग्रेसबाट इन्जिनियर कँडेल मेयरमा विजयी

गोरखा ५ जेठ । गोरखा पालुङटार नगरपालिकाको मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका छन् ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कँडेल विजयी भएका हुन् ।

उनले ४ हजार ६९८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धि माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याए । नयाँ शक्तिका मेयर उम्मेदवारले ३ हजार ९८० मत ल्याए । यो खबर काराेबार दैनिकमा छ ।