October 24, 2017

एमालेका प्रकाश अधिकारी टोखा नगरपालिकाको मेयर

काठमाण्डौ, ४ जेठ । काठमाण्डौ जिल्लाको टोखा नगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् ।

उनले कांग्रेसका निकटतम प्रतिद्वन्दी हरिहर अधिकारीलाई १ हजार २ सय ८० मत अन्तरले हराएका हुन् । प्रकाशले ८ हजार ७ सय ४७ मत प्राप्त गरे भने कांग्रेसका अधिकारीले ७ हजार ४ सय ६७ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी ज्ञानमाया डंगोलले ८ हजार १ सय ४८ मत प्राप्त गरिन् भने कांग्रेसकी प्रतिद्वन्दी  रजनी थापाले ८ हजार ९७ मत प्राप्त गरिन् ।