August 19, 2017

हुम्लामा माओवादी केन्द्रको वर्चस्व

काठमाण्डौ, ४ जेठ । प्रदेश नम्बर ६ अन्तर्गत हुम्लाको सबै गाउँपालिकाको मतगणना कार्य सकिएको छ ।

नतिजा हेर्दा माओवादी केन्द्रले धेरै ठाउँमा जीतेको छ । माओवादीले ७ गाउँपालिका अन्तर्गत ४ गाउँपालिकाको अध्यक्षमा जीतेको छ भने एक गाउँपालिकामा उपाध्यक्ष्मा जितेको छ ।

त्यसैगरी स्वतन्त्रबाट उठेका बलि रावत र पेम्बा लामाले पनि उपाध्यक्षमा जीत दर्ता गरेका छन् । कांग्रेसले १ मात्र अध्यक्षमा जीतेको छ भने एमालेले ३ वटा उपाध्यक्षमा दाबी गरेको छ ।