गोरखा धार्चे गाउँपालिकामा कांग्रेस विजयी, नयाँ शक्ति थोरै मतले पन्छियो

काठमाण्डौ, ४ जेठ । गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बाजी मारेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार सन्तोष गुरुङ विजयी भएसँगै नयाँ शक्तिलाई धक्का लागेको छ । गुरुङले १ हजार ७ सय ७ मत ल्याउँदा नयाँ शक्तिका उम्मेदवार लक्ष्मण गुरुङ जम्मा ६९ मतले पराजित भए । उनले १ हजार ६ सय ३८ मत प्राप्त गरे । निकै प्रतिस्पर्धात्मक मतगणनामा अन्ततः कांग्रेसले जीत दर्ता गरेको हो ।

त्यस्तै उपाध्यक्ष पदमा पनि कांग्रेसकै फूलमाया गुरुङ १ हजार ८ सय ९६ मत ल्याएर विजयी भइन् । माओवादी केन्द्रकी आशा गुरुङ करिब ५ सय मतले पछाडि परिन् ।