Breaking News

घ्यू कुमारी एक प्राकृृतिक वरदान, यस्ता छन् फाइदा

सुन्दर र मुलायम छाला एवं कपालको लागि अाजभोलि धेरैले एलोभेरा अर्थात् घ्यू कुमारीको प्रयोग गरिरहेका हुन्छन् । तर यो मानव स्वास्थ्यको लागि वरदान साबित हुन्छ भन्नेबारे सबैलार्इ ज्ञान नहुन सक्छ । घ्यू कुमारीको प्रयोगले पेटसँग सम्बन्धित रोग वा समस्या, टाउको दुख्ने, भोक नलाग्ने, दाँतको समस्या अादि समस्याहरू छुमन्तर भएर जान्छन् । अाउनुहोस्, यसका फाइदाहरूका बारेमा जानौं ।

टाउको दुख्ने समस्याको निराकरण गर्न

यदि तपाइँलार्इ टाउको दुख्ने समस्या छ भने दिनहुँ एलोभेरा जुस खाली पेटमा सेवन गर्नुहोस् । यसो गर्नाले उक्त समस्याबाट मुक्ति मिल्छ ।

कब्जियत हटाउन

यदि तपाइँको पेट सफा छैन र कब्जियतको समस्या छ भने पनि एलोभेरा जुस अर्थात् घयू कुमारीको रस सेवन गर्नु लाभदायक हुन्छ । दिनदिनै बिहान सबेरै खाली पेटमा एलोभेरा जुस पिउनुहोस् र पेटको सबै समस्यालार्इ पाखा लगाउनुहोस् ।

शरीरमा रहेका विषजन्य तत्व नाश गर्न

उपयुक्त खानपानको अभावमा हाम्रो शरीरमा यस्ता विभिन्न किसिमका विषालु तत्व उत्पादन भइरहेका हुन्छन् जसले पेट एवम् छालासम्बद्ध समस्या बढाउँछ । एलोभेराले शरीरमा डिटक्सीफिकेशनको प्रक्रियाको माध्यमबाट हानीकारक विषालु तत्वलार्इ बाहिर निकाल्न मद्दत गर्दछ ।

यौन शक्ति बढाउन

एलोभेरा जुसको नियमित सेवनले यौन शक्ति बढाउन सहयोग गर्न विज्ञहरू बताउँछन् । यसलार्इ प्राकृतिक भियग्रा पनि मानिन्छ । जुस सेवन गरेर मात्र नभर्इ घ्यू कुमारीको जेल वा रस पुरुषहरूले अाफ्नो लिङ्गमा लगाएर मालिश गरेमा लिङ्ग कडा हुनुको साथै यसको राम्रो वृद्धि विकास हुन्छ । साथै यसले यौन सम्पर्कको अवधि लम्ब्याउन सहयोग गर्छ र सन्तुष्टीको मात्रा दोब्बर गराउँछ ।

भोक नलाग्ने समस्या हटाउन

बिहान खाली पेटमा एलोभेरा जुस पिउनाले भोक नलाग्ने समस्यालार्इ हटाउँछ । भोक जगाउन यो रामबाण साबित हुन्छ ।

दाँत सम्बन्धी समस्या हटाउन

एलोभेरामा पाइने एन्टी-माइक्रोवाइलले हाम्रो दाँत सफा राख्न सहयोग गर्दछ । साथै घ्यू कुमारीले दाँतमा हुने ब्याक्टेरियल इंफेक्सनबाट पनि बचाउँछ ।

shares