August 23, 2017

सुर्खेतको गुर्भाकोट नगरपालिकाको नगरप्रमुख /उपप्रमुख दुबै पदमा नेपाली कांग्रेस विजयी

रमेशकुमार पाण्डे / सुर्खेत ४ जेठ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका हस्त पुन १० हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका देव बहादुर खत्रीले ७ हजार १ सय २३ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा काङ्ग्रेसी मैना विक ले ९ हजार ९ सय ७४ मत प्राप्त गरी विजयी भइन् ।

गुर्भाकोट नगरपालिकाको १४ वटा वडाहरु मध्ये १ , ४ ,र ९ मा नेकपा एमालेका अध्यक्ष सदस्यहरु सहित सम्पूर्ण प्यानल विजयी भएको छ । बाँकी वडाहरु २ ,३, ५, ६, ७,  ८,  १०,  ११, १२, १३ र १४ वडा गरी ११ वटा वडाकाे मेयर /उपमेयर, अध्यक्ष, सदस्यहरुमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे निर्वाचन अधिकृत उपेन्द्र केसर खनालले जानकारी दिए ।