August 23, 2017

चाँगुनारायण नगरपालिका वडा नं १ मा कांग्रेसको जीत

भक्तपुर ४, जेठ । चाँगु नारायण नगरपालिका वडा नं १ मा कांग्रेस विजयी भएको छ ।

वडा नं १ मा कांग्रेसका वडाअध्यक्ष, महिला सदस्य र २ खुला सदस्य विजयी भएको छन् ।  वडाअध्यक्षमा कांग्रेसका राजेश खड्काले ९ सय २ मतले जितेका छन् । उनका प्रतिद्वन्दी राप्रपाका ईश्वर थापाले ७ सय ९२ मत पाएका छन् ।

हालसम्म चाँगुनारायण नगरपालिकाकाे मेयर मदमा कांग्रेसका राजाराम खड्का १ हजार ९ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै राप्रपाका रविन्द्र प्रताप शाहले ५ सय ८२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

त्यस्तै, उपमेयरमा पनि कांग्रेसकी सरु बानियाँले ९ सय ६६ मत ल्याई अग्र स्थानमा रहेकी छिन् । यस्तै, राप्रपाकी यवती कार्कीले ५ सय ९९ मत र एमालेकी बिना बास्तोलाले ५ सय ६४ मत प्राप्त गरेका छन् ।