August 17, 2017

मतगणनामा खटिएका कर्मचारीहरुमाथि धम्की

पुरुषोत्तम गिरी / सल्यान जेठ ४ । शारदा नगरपालिकामा मतगणनामा खटिएका १६ जना कर्मचारीहरुले सामूहिक रुपमा जिल्ला प्रशासन कार्यालयसँग जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।

केही राजनीतिक दलका जिम्मेवार नेताहरु र मेयेरका उम्मेदवारले आफूहरुलाइ मतगणनाकै विषयलाई लिएर जे पनि हुन सक्ने भन्दै धम्की दिएको उनीहरुले बताएका छन् । कर्मचारीहरुले आफ्नो जीउधनको सुरक्षा गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका हुन् ।

आज दिउँसो बसेको सर्वदलीय बैठकले आवश्यक परेमा असन्तुष्ट पक्ष अदालत जान सक्ने, मत गणना गर्दा लगाइएका रेजाको पुनर्पुष्टि गर्ने र मतगणनामा खटिएका कर्मचारीहरुको हेरफेर गर्ने सहमति भएपश्चात् मतगणना सुरु गर्ने सहमति भएको छ ।