खोटाङका रकस्टार उल्सन श्रेष्ठले ल्याए “हुरी अायो” (भिडियोसहित)

काठमाण्डौ, १७ बैशाख । बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणबाट रकस्टारको रूपमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गीतिक कोशेली “हुरि आयो” सार्वजनिक गरिएको छ ।

रकस्टार उल्सनले नेपाल आईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गीतिक कोशेली “हुरि आयो” आपनो फ्यान, श्रोता, दर्शकमाझ ल्याएका हुन् । रकस्टार श्रेष्ठले आफ्नै शब्द, संगीत र स्वरमा आइतबार साँझ “हुरि आयो”सार्वजनिक गरेका हुन् । गीतमा हर्कुलस श्रेष्ठको संगीत संयोजन रहेको छ ।

खोटाङका रकस्टार उल्सन नेपाल आईडलको टप ७ बाट बाहिरिएपछि लामै समयको सांगीतिक अभ्यासपछि उनले “हुरि आयो” लाई ल्याएका हुन् । गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् । योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने अभिनय रहेको छ।

अहिलेका चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालीले छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ ।
यसअघि नेपाल आईडलका सन्ध्या जोशी, राहुल बिस्वास, केन्जल मेहर श्रेष्ठ, प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सागर आले, सुजाता पाण्डे, सुरज थापा र प्रताप दासले नेपाल आईडल पश्चात साङ्गितिक कोशेली बजारमा ल्याइसकेका छन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्-