Breaking News

विभिन्न कार्यक्रम गरी मनाइयो विश्व नृत्य दिवस

काठमाण्डौ, १६ बैशाख । आइतबार अप्रिल २९ तारिख, विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेशनल थिएटर इन्ष्टिच्युटको अन्तराष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो ।

त्यसपछि अन्तराष्ट्रिय नृत्य परिषदले यो दिवसको प्रवर्द्धन गरेको हो । नृत्यकलालाई उचित सम्मान, त्यसप्रति मानिसको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चलचित्र नृत्य संघले दिवसका अवसरमा काठमाडौंमा नृत्य प्रतियोतिाको आयोजना गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट नृत्य गर्नेहरूलाई पुरस्कृत गरिएको थियो । लोकनृत्यलाई जात्रा पर्वको नृत्य नभई यसलाई पनि पाठ्यक्रममा समावेश गर्नुपर्ने सरोकारवालाहरूले जोड दिंदै आएका छन् ।

shares