Breaking News

अाँखा झिम्क्याउन माहिर प्रियाको ‘फ्लाइंग किस’ वाला भिडियो भाइरल हुँदै

मुम्बर्इ, १६ बैशाख । रातारात मान्छेलार्इ भुतुक्कै पार्ने गरी अाँखा झिम्क्याएर चर्चामा अाएकी भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको एक अर्को नयाँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसअघि रिलिज नै नभइसकेको मलयालम चलचित्र “ओरु अदार लव” को एउटा गीतमा उनले उनको सहपाठीलार्इ आँखा झिम्क्याएको भिडियोको एउटा क्लिप भाइरल भएको थियो भने हाल अाएर पुनः को-स्टार रोशन अब्दुललार्इ ‘फ्लाइङ्ग किस’ दिएर घाइते बनाउँदै गरेको भिडियो क्लिप मिडियामा सार्वजनिक भएको हो ।

विद्यालय पोशाकमा देखिएका प्रिया र रोशनबीचको अद्भूत प्रेमलार्इ यस भिडियोमा महसूस गर्न सकिन्छ । यससँगै प्रियाको मेकअप भिडियो पनि बाहिरिएको छ । फिल्म सुटिंगको लागि तयार हुँदै गर्दाको उक्त भिडियो पनि भाइरल भइरहेको छ ।

भारतको त्रिसुर कलेज मा अध्यनरत यी १८ वर्षीया प्रिया मोड्लिंग र गायनमा पनि सक्रिय छिन् । उनी अभिनित भिडियो पटक-पटक भाइरल भइरहेको छ । सुरुवातमा उनी अभिनित बलिवुडको “चन्ना मिरिया” बोलको गीत पनि इन्टरनेटमा धेरैले रुचाएको भिडियो बनेको थियो ।  प्रिया शास्त्रीय नाचको प्रशिक्षक पनि हुन् । उनको डेब्यु फिल्म ‘अोरू अदार लव’ अागामी जुन १७ मा रिलिज हुने भएको छ ।

shares