निःशुल्क मोतिविन्दु शल्यक्रिया सम्पन्न

काठमाण्डौ, १६ बैशाख । अरनिको समाजले चीनको शनचन् “छाओचउ युवा संघ“संगको सहकार्यमा काठमाडौंको मनमोहन अस्पतालमा ६० जना बिरामीको निःशुल्क मोतिविन्दु शल्यक्रिया सम्पन्न गरको छ ।

चीनबाट आएका वरिष्ठ ३ जना चीनियाँ नेत्र चिकित्सक र ४ जना नर्सले निःशुल्क मोतिविन्दु शल्यक्रिया गरेका थिए । समाजले उक्त अस्पतालमा आएका आखा बिरामीको चेकजाच गरी आँखा परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।

अस्पतालका सञ्चालक एवं एमाले नेता राजेन्द्र पाण्डेले चीनले नेपालका लागि निकै सहयोग गरेको भन्दै समाजसेवाका क्षेत्रमा गरेको कामको पनि सराहना गरे। जेष्ठ नागरिकका लागि भत्ता दिने मनमोहन अधिकारीको कार्यलाई सम्मान गर्दै अस्पतालले पनि जेष्ठ नागरिकका लागि निशुल्क उपचार सेवा दिने बताए ।

कार्यक्रममा नेपालका लागि चीनियाँ राजदूत यु होङले सामाजिक क्षेत्रमा नेपालका लागि चीनको सहयोग निरन्तर हुने बिश्वास व्यक्त गरे । समाजले चीनको सहयोगमा हालसम्म तीन सयभन्दा बढी आँखा बिरामीको निशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न गरिसकेको जनाएको छ ।