October 24, 2017

रामेछापमा मतगणनाको नतिजा आउने क्रम जारी

रामेछाप, ४ जेठ । लिखु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।

अध्यक्षमा एमालेका गोबिन्द खड्काले ४ हजार ५ सय ९५ र उपाध्यक्षमा दिपशिखा दाहालले ४ हजार ६ सय ५ मत ल्याई विजयी भएका हुन् । उक्त गाउँपालिकाको ७ वटा वडाहरु मध्ये वडा नं २ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ६ वटा वडाहरुमा नेकपा एमले विजयी भएको छ ।

हाल सम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १४ वटा वडा भएको मन्थली नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख र उप प्रमुख सहित ५ वटा वडामा विजयी भएको छ । त्यस्तैे ५ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उक्त नगरपालिकामा ३ वडा वडामा कांग्रेस र १ वटा वडामा राप्रपा विजयी भएको छ ।

दोरम्बा गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडामा विजयी हासिल गरेको छ भने ३ वटा वडामा नेकपा एमालेले विजयी भएको छ । त्यसैगरी ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा गाउँपालिका अध्यक्ष सहित एमाले ३ वटा वडामा विजयी भएको छ । त्यसैगरी उपाध्यक्ष सहित २ वटा वडामा नेपाली कांग्रेसले र २ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

रामेछाप नगरपालिका, खाडादेवी गाउँपालिका, सुनापति गाउँपालिकामा भने मतगणना जारी रहेको छ ।