August 17, 2017

थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता लिने सरकारकाे निर्णय, प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराल

काठमाडौं ४ जेठ । सरकारले थरुहट र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै ती अान्दोलनका कारण कारागारमा सजाय भोगिरहेका र फरार रहेका सबैकाे मुद्दा फिर्ता लिने निर्णय गरेको छ । अाज बसेकाे मन्त्रीपरिषदकाे बैठकले मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइने निर्णय गरेकाे छ ।

बैठकले स्थानीय चुनावका बेला  काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय पनि गरेकाे छ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।