जुम्लाकाे चन्दननाथ नगरपालिकाकाे मेयरमा कांग्रेसकी कान्तिका सेजुवाल विजयी

रमेशकुमार पाण्डे / सुर्खेत ३ जेठ । जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल २हजार ७ सय ७७ मत ल्याएर विजयी भएकी छन ।

उनी प्रदेश नम्बर ६ बाट हालसम्म मतपरिणाम सार्वजनिक भएका स्थानिय निकायमा विजय हुने पहिलो महिला नगर प्रमुख हुन । कान्तिकाका प्रतिस्पर्धी नेकपा एमालेका शान्ति लाल महतले २ हजार ६६मत प्राप्त गरेका थिए भने तेश्रो स्थानमा रहेका नेकपा माअाेवादी केन्द्रका अशाेककुमार श्रेष्ठले २ हजार १५ मत प्राप्त गरेका थिए ।