गोर्खाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

काठमाण्डौ, ३ जेठ । गोर्खाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका फणीन्द्र धिताल र चन्द्रमायाँ गुरुङले जीत हासिल गरेका छन् ।

धितालले माओवादी उम्मेदवार दीपक देवकोटालाई ३३१ मत अन्तरले पराजित गरे । धितालले ३ हजार ३३ र देवकोटाले २ हजार ७०२ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा निर्वाचित कांग्रेसकै चन्द्रमायाँ गुरुङले ३ हजार ३३ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी अनिता भुजेलले २ हजार ६ सय ४२ मत पाइन् ।